उपभोक्तालाई वस्तुदेखी सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरेको अनलाइन प्लाटफर्म ‘मेरो डिस्काउन्ट’ एप सार्वजनिक भएको छ । ओसी ग्रुप सफ्टवेयर प्रालिले निर्माण गरेको एप सोमबार सार्वजनिक गरिएको छ ।
स्थानीय व्यवसायीहरूको व्यापार प्रवर्द्धन तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न सहयोग पुग्ने उद्देश्यले अनलाइन प्लाटफर्म तयार गरिएको कम्पनीले जनाएको छ । यो एप खरिद गर्ने प्रत्येक वस्तु तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यसरी प्राप्त हुने डिस्काउन्टहरू नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुनेछन् । यस्ता मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्रै नभई मेरो डिस्काउन्टको प्रयोग गरेर सपिङ मलमा सामानहरू किनमेल पनि सहजै गर्न सकिने कम्पनीका सिईओ प्रदीप चौधरीले जानकारी दिए ।
मेरो डिस्काउन्टबाट मध्यमवर्गका ग्राहकहरूले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्ने उनको भनाई छ । साथै व्यवसायीहरूको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरूलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने कम्पनीको दाबी छ । यसकाे साथै व्यवसायीहरूलाई व्यापारिक परामर्श समेत दिने काम सो कम्पनीले गर्ने जानकारी दिइएको छ।