गीतिफिल्म ‘गल्ली ’ लिएर आए यश कुमार

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

गायक तथा अभिनेता यश कुमारले म्युजिकल फिल्म ‘गल्ली’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उनको गीतिफिल्म प्रिमियर गरिएको हो ।

कार्यक्रममा महानायक राजेश हमलको उपस्थितिले थप रौनक थपेको थियो । हमालले गीतको भिडियो हेरेपछि खुलेर प्रशंसा गरेका थिए । ‘गायक यश कुमारले जब कलाकारिता पस्किन्छ, भावनामा डुबेर मनदेखि पस्किन्छ । हामीले पनि मनदेखि सुनिन्छ, मनदेखि हेरिन्छ,’ हमालले भने ।

त्यस्तै, कलाकार जितु नेपालले पनि गीत हेर्दा फिल्म नै हेरेको महसुस भएको बताए । गायक यशले सम्पूर्ण टिमले निकै मिहिनेत गरेर श्रोतामाझ गीतिफिल्म पस्किएको बताए । उनले भने, ‘कुनै समय गीत सुनिन्थ्यो, अहिले गीत सुन्ने समय रहेन, अहिले गीत हेर्ने समय आएको छ ।’

गीतमा यशलाई मेचु धिमालले साथ दिएकी छिन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा रेश्मा घिमिरे र आइशु बराइलीलगायत कलाकारको अभिनय छ ।

सुझावित समाचार