सन्दीपविरुद्धको निवेदनमाथि सुनुवाइ हुँदै

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण
सन्दीपविरुद्धको निवेदनमाथि सुनुवाइ हुँदै

फाइल तस्बिर

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज हुने भएको छ। 

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। 

सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेसी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए। 

नेपाल क्रिकेट संघले सन्दीपलाई आइसिसी विश्वकप लिग– २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ।

सुझावित समाचार