रिलायन्स लाइफ र सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्सको सम्झौता

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

 रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौँडाबीच मेडिकल इन्स्योरेन्स सेवाका लागि सम्झौता भएको छ । रिलायन्स लाइफका ग्राहक तथा बिमितहरूले हस्पिटलको प्रयोगशाला सेवा, एक्स–रे, इसिजी, इकोलगायतका सेवामा छुट पाउने भएका हुन् । 

हस्ताक्षर कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेजेजर सूर्य गिरी तथा सन्चो हस्पिटलका मेनेजर अशोक कायस्थको उपस्थिति रहेको कम्पनीले जनाएको छ । रिलायन्स इन्स्योरेन्सले आप्mना ग्राहकको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङका लागि स्थानीय स्वास्थ्य संस्थाहरूसँग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । 

हाल कम्पनीले देशभरमा एक सय २४ शाखा विस्तार गरी जीवन बिमा क्षेत्रमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सुझावित समाचार