धनकुटा महोत्सवमा सात करोडभन्दा बढीको कारोबार

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

धनकुटामा सञ्चालन भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौँ धनकुटा महोत्सवमा सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।

माघ ६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको महोत्सवमा अनुमान गरिएभन्दा बढी आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा आयोजकले करिब पाँच करोडबराबरको आर्थिक कारोबार हुने अनुमान गरेको थियो । तर, महोत्सवमा अनुमान गरिएभन्दा बढी कारोबार भएको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

महोत्सवको एक लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिए पनि एक लाख ५० हजारले अवलोकन गरेको अध्यक्ष राईले बताए । एक सय ८३ स्टल राखिएको महोत्सवमा कृषि र घरेलु उत्पादनलाई प्राथमिकता दिइएको थियो । महोत्सवको नवाैँ दिनमा दर्शकको अत्यधिक भिडका कारण प्रवेश गर्ने गेटमा ठेलमठेल हुँदा ३० जना घाइतेसमेत भएका थिए ।

सुझावित समाचार