परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको  ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छिन् । 

उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रूपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछिन् भने राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछिन् ।  परराष्ट्रमन्त्री डा. पौड्याल यही माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

सुझावित समाचार