शुभम् पावरको आइपिओ खुला

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

शुभम् पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। 

कम्पनीले आजदेखि प्रतिकित्ता रु. एक सयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर (आइपिओ) निष्कासन बिक्री खुला गरेको हो। 

आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कुल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। 

जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै  ११ हजार ६ सय १० कित्ता सेयर कर्मचारीलाई छुट्याइएकाे थियो। 

बाँकी रहेका चार लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएकोे सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। सर्वसाधारणले यही माघ २२ सम्म १० कित्तादेखि पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने केयर रेटिंगस् नेपालले ‘केयरएन्पी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी–आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका– ९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट ०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ। 
 

सुझावित समाचार