एलआइसीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले एक सेयरबराबर शून्य दशमलव ८८ को अनुपातमा सेयर जारी गर्न लागेको हो । 

कम्पनीले साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँ दरका दुई करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न लागेको जनाइएको छ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
 

See More On

सुझावित समाचार