नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ अनुसार संघका सदस्य संस्थाहरूका १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीहरू उक्त कार्यक्रममा सहभागी थिए । अभिमुखीकरण कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरूबाट ७६ जना सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक दीर्घबहादुर रावल, नेपाल धितोपत्र बोर्डका कानुन विभागका कामु निर्देशक राजाराम दुवाल, नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालको उपस्थिति रहेको थियो ।