सामसङका फ्ल्यागसिप फोनहरू नेपालमा पुनरागमन हुँदै

सोमबार, १६ माघ, २०७९
डिजिटल संस्करण

सामसङले फ्ल्यागसिप समार्ट फोनहरू नेपालमा फेरि ल्याएको छ । ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ए७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड४ सामसङको फ्ल्यागसिप लाइनअपका सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए । तर, अब यी सबै सेगमेन्टका समार्ट फोनहरू फेरि नेपाली बजारमा फर्किएको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए ।

उनले भने, ‘सामसङका उत्कृष्ट स्मार्ट फोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई साँच्चिकै ठूलो सन्तुष्टि मिलेको छ । एस२२ सिरिज, ए७३ र फोल्डेबल फोनहरूमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड४ स्मार्ट फोन संसारका केही उत्कृष्ट प्रस्तुतिहरू हुन् र हामी नेपाली बजारमा नयाँ इन्नोभेसनका यी अमेजिङ फोनहरू ल्याउन पाउँदा खुसी छौँ ।’

ग्यालेक्सी एस२२ सिरिजमा ग्यालेक्सी एस२२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस२२ अल्ट्रामा ६.८ इन्चको डिस्प्ले छ । 
ग्यालेक्सी एस२२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामरा छन् । ग्यालेक्सी एस२२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामरा छ । रियरमा उस्तै सपोर्टिङ क्यामराका साथमा क्वाड क्यामरा रियर सेटअपका लागि थप १० एमपी टेलिफोटो क्यामरा दिइएको छ । दुवैै फोनहरूमा क्यामराका लागि नाइटोग्राफी मोड पनि छ ।  

ग्यालेक्सी एस२२ अल्ट्रामा रहेको बिल्ट–इन एस–पेन यस फोनको अर्को हाइलाइट हो । यी सबै सामसङ फ्ल्यागसिपको सिग्नेचर सुरक्षा, नक्स सेक्युरिटी, तिनीहरूको आइपी६८ रेटिङ र हार्डवेयरजस्तै तिनीहरूको कोर्निङ गोरिल्ला ग्लास भिक्चुअससँग मिलेर ग्यालेक्सी एस२२ सेगमेन्टलाई अविश्वसनीय महसुस गराउँछ ।  

ग्यालेक्सी ए७३ ५जी, लोकप्रिय ए– सेगमेन्टको अग्रपंक्तिमा रहेको छ । यसको ६.७ इन्चको डिस्प्लेका साथ तपाईंले यसको पाँच हजार एमएएच ब्याट्रीसँग लामो समयसम्म काम गर्न सकिन्छ । यससँगै ग्यालेक्सी ए७३ ५जीले आइपी६७ रेटिङ पाएको छ । यसैगरी, सामसङको शीर्ष फोल्डेबल ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड४ फाइन ट्युनिङको पुनरावृत्ति हो । सामसङले गत वर्ष अविश्वसनीय रेन्जका यी स्मार्ट फोनका केही सेट उपलब्ध गराएको थियो ।

सुझावित समाचार