राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । 

पार्टी सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको उत्प्रेषण आदेशबाट रद्द भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

संवैधानिक इजलासको आदेशपछिको अवस्थामाथि छलफल गर्न आकस्मिक बैठक बोलाइएको उपसभापति रहेका श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए ।

अब केहीबेरपछि बैठक सुरु हुने उनले बताए । आदेशपछि लामिछानेको सांसद पद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टी सभापति र पार्टी साधारण सदस्यतासमेत खारेज भएको छ । 

सभापतिविहीन हुन पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सभापति चयन गर्नुपर्ने अवस्था छ । बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ ।

सुझावित समाचार