ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालिले नेपाली बजारमा ‘बाई ग्रेट, सेभ बिग’ अफर ल्याएको छ ।
यो अफर नेपालभर ४५ दिनसम्म चालू रहनेछ र यो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै प्रकारका गाडीमा मान्य हुने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरूप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै ‘बाई ग्रेट, सेभ बिग’ अफर सार्वजनिक गरेको हो । यस अफरबाट ग्राहकहरूलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने कम्पनीको विश्वास छ ।
योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, एक वर्षको व्यापक बिमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिजलगायत पाँच लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन् ।
जिडब्लुएम ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो, जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटसहरू रहेका छन् । भिजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो ।