दोहोरो अंकले घट्यो नेप्से

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

सेयर बजार आज सोमबार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा ओर्लिएको छ।

बैंक र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ। यसमा पनि जलविद्युत्, बिमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख  कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८६ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशत र लिबर्टी इनर्जीको सयर सात प्रतिशतभन्दा बढीले घटेको छ। तर, समग्रमा बजार घटे पनि आदर्श लघुवित्त, सानिमा जिआइसी इन्सुरेन्स, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। 
 

सुझावित समाचार