रिटेल पेमेन्ट स्विचमार्फत १८०० अर्बबराबरको कारोबार फर्छ्यौट

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

नेसनल पेमेन्ट स्विचअन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपिएस)मार्फत रु. १८०० अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ।

चालू आर्थिक वर्षको पौष मसान्तसम्म सो रकमबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ। उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले बढी हो।

त्यसैगरी, कारोबार संख्याको आधारमा गत आर्थिक वर्षभन्दा २५% ले वृद्धि भएको छ। रिटेल पेमेन्ट स्विचको हाल दैनिक औसत रु. १३.३० अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ। जसअन्तर्गत ६०% बराबरको कारोबार नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)मार्फत हुने गरेको कम्पनीको दाबी छ।

आरपिएसअन्तर्गत फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीहरू बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ, वालेटहरू, कनेक्टआइपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपिआइमार्फत उपलब्ध रहेका छन्।

सुझावित समाचार