रेडियो लाङटाङको अध्यक्षमा सुवेदी

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो लाङटाङको अध्यक्षमा सोहम सुवेदी चयन भएका छन् । संस्थाको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । 

अधिवेशनले सुवेदीसहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।  जसको उपाध्यक्षमा गिता घिमिरे, सचिवमा गिता न्यौपाने, कोषाध्यक्षमा दुर्गानाथ न्यौपाने (बलराम) छन् ।   यस्तै सदस्यहरुमा शिवराम भण्डारी, केशव मिश्र र सर्मिला न्यौपाने घिमिरे चयन भएका छन् । 

संस्थाको ८ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा स्वर्गीय रामकृृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार–२०७९ बाट रसुवाका जेष्ठ पत्रकार ज्ञानेन्द्र नाथ न्यौपानेलाई पुरस्कृत गरिएको छ । जसको राशी ११,१११ छ । 
 

सुझावित समाचार