गठबन्धन फुटाउने-बनाउने समय सकियो : जनार्दन शर्मा

शनिबार, ७ माघ, २०७९
डिजिटल संस्करण
गठबन्धन फुटाउने-बनाउने समय सकियो : जनार्दन शर्मा

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र))का उपमहासचिव जनार्दन शर्माले अब गठबन्धन बनाउने र फुटाउने खेलमा लाग्न नहुने बताएका छन्। नागरिकका समस्या समाधानमा लाग्नुपर्ने भन्दै उनले अब गठबन्धन बनाउने र फुटाउने खेलमा लाग्न नहुने बताए।

शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले भने, ‘गठबन्धन फुटाउने, जुटाउने समय सकियो। अब जनताको काम गर्नुपर्छ। फेरि फुटाउने–जोड्नेतिर जाने होइन।’
 

सुझावित समाचार