पाँच अध्यादेश स्वीकृत

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट पाँचवटा अध्यादेश स्वीकृत भएका छन् । 

गत १८ पुसमा बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू सर्वसम्मत स्वीकृत भएका हुन् । 

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ०७९ र प्रदेश स्वास्थ्य सेवा ऐन ०७५ लाई संशोधन गर्न बनेको अध्यादेश ०७९ पेस गरेका थिए । 

यस्तै, मुख्यमन्त्रीले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनसम्बन्धी अध्यादेश ०७९ पेस गरेका थिए । 

स्वीकृत भएसँगै सरकारलाई ती अध्यादेशलाई ऐनका रूपमा मान्यता दिन प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको छ । 

सुझावित समाचार