मन्त्रिपरिषद्को पूर्णताको अन्तिम टुंगो लगाउन बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। संयन्त्रमा निर्णय भएपछि तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।
मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा लागि संयन्त्रको बैठक बोलाइएको हो। प्रधानमन्त्री प्रचण्ड र संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी ओलीबीच साेमबार बिहान भएको छलफलमा संयन्त्रको बैठक बोलाउने सहमति भएकाे थियो।
ओलीसँगको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।