कर्णाली प्रदेशको सभामुख पदमा सत्तारूढ दलका तर्फबाट एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो ।
प्रदेश सभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए । उनी समानुपातिकतर्फ सुर्खेतबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। यस्तै, सभामुख पदका उम्मेदवार नेपाली कांग्रेसका खड्ग पोखरेलले १४ मत प्राप्त गरेका छन् ।
सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङ कर्णाली प्रदेश सभाको इतिहासमा पहिलो महिला सभामुख भएकी छिन्।