आइतबार बिहान पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा ज्यान गुमाउने २९ जनाको शव निकालिएको छ।
कास्की प्रहरी प्रमुख एसपी अजय केसीमा अनुसार हालसम्म ६२ जनाको शव निकालिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ।
चारजना चालक दलका सदस्य र ६८ यात्रुसहित ७२ जना सवार विमान दुर्घटना भएको थियो। जसमा विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए
बिहान १०ः३० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो।









