‘भिआइपी मुभमेन्ट’ले उद्धारमा कठिनाइ हुने भएपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम स्थगित

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा जहाज दुर्घटनापछि घटनास्थलको निरीक्षण गर्न पोखरा जाने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन्। 

भिआइपी मुभमेन्टले उद्धारमा कठिनाइ उत्पन्न हुन सक्ने सुरक्षा निकायको सुझावपछि प्रधानमन्त्रीले पोखरा जाने कार्यक्रम स्थगित गरेको स्वकीय सचिव रमेश मल्लले बताए।

मन्त्रिपरिषद् बैठकले दुर्घटनास्थलको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाने निर्णय गरेको थियो।
 

सुझावित समाचार