विमान दुर्घटना : ३२ जनाको शव निकालियो

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण
विमान दुर्घटना : ३२ जनाको शव निकालियो

यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थल पोखराको सेती नदीको खोँच । तस्बिर : धनबहादुर गुरुङ/रासस

पोखरामा आज बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । 

यती एयरलाइन्सको कलसाइन ९ एन–एएनसी एटिआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो ।  रासस

सुझावित समाचार