पोखरामा यती एयरलाएन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन-एएनसी एटिआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना भएको हो ।
काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान करिब सवा ११ बजेतिर दुर्घटनाग्रस्त भएको हो । जहाजमा चालक दलका चार सदस्य र ६८ जना यात्रु रहेको बताइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।