मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न माग

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण
मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न माग

फाइल तस्बिर

नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ। समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो। मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ।

एकद्वार कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ।

चालक समाजले पेसा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्ने बताएको छ। 

चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटलाई हटाउनुपर्ने इम्बोस्ड नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग चालक समाजले राखेको छ।

चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरू मान्न तयार नरहेको स्पष्ट पारे। उनले विभिन्न समयमा ४३ ट्याक्सीचालकको हत्या भएको उल्लेख गर्दै हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए। 

सुझावित समाचार