स्वास्थ्यमा समस्या देखिएपछि वर्षमान रोल्पाबाट काठमाडौं फिर्ता

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गृहजिल्ला रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं फर्किएका छन् ।

शनिबार रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रमका लागि सुनछहरी गाउँपालिकाको पोबाङ पुगेका पुनको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरबाट काठमाडौं फर्किएका हुन् । शुक्रबार उक्त फाउन्डेसनको आयोजनामा होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार बिहान सुनछहरी गाउँपालिकामा वितरण गरेपछि दिउँसो पौने २ बजे काठमाडौं फर्किएका हुन् ।

शनिबार नै लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गर्ने कार्यक्रममा भने उनी सहभागी हुन सकेनन् । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्यमा समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ काठमाडौं फर्किएका छन् ।

सुझावित समाचार