गायिका खरेलको ‘जहाँ तिमी अनि म’

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण

गायिका सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द रहेको छ भने लोकप्रिय संगीतकार टीका दाहालले संगीत दिएका छन् । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन् । हरि हुमागाईँको  छायाँकन र सम्पादन रहेको गीत गायिका खरेलकै निर्देशनमा तयार पारिएको हो ।  खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’मार्फत  भिडियो सार्वजनिक गरिएको हो ।

सुझावित समाचार