प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप तीन विनाविभागीय मन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका छन् । २४ पुसमा माओवादी, राप्रपा, जसपासहितको समर्थनबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका कार्कीले दोेस्रो चरणमा पनि विनाविभागीय तीन मन्त्री नियुक्त गरेका हुन्।
२५ पुसमा मुख्यमन्त्री कार्कीले एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए। २९ मंसिरमा उनले एमालेका बुद्धिकुमार राजभण्डारी तथा माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईंलाई पनि विनाविभागीय मन्त्री नियुक्त गरेर शपथग्रहण गराएका छन् ।
पहिलो कार्यकालको सुरुवातमा सातवटा मन्त्रालय मात्र रहेको प्रदेश १ मा पछि मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले मन्त्रालयको संख्या १३ र मन्त्रीको संख्या १४ पुर्याएको थियो । तर, नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या घटाएर नाै बनाउने प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री कार्कीले आज शुक्रबार नै प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।