सिभिल बैंकको १२औँ साधारणसभा सम्पन्न

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

सिभिल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा २८ पुसमा सम्पन्न भएको छ। कालिकास्थानस्थित अमृतभोग बेंक्वेटमा सम्पन्न भएको साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको पाँच प्रतिशतबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको छ।

साथै सभाले आव ०७९/८० को लेखापरीक्षण गर्नका लागि ‘एस राई एन्ड एसाेसियट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। बैंकलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ति (एक्विजिसन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

सभाले सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्यांकनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण काम कारबाहीलाई अनुमोदन गरेको बैंकले जनाएको छ। 
 

सुझावित समाचार