पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा आयोजित चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति थियो।
राष्ट्रिय महाधिवेशन पराजित भएपछि राप्रपाबाट बाहिरिएर राप्रपा नेपाल पार्टी खोलेका कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एकअर्कालाई अँगालो हालेर एकता दिवसको औचित्य पुष्टि गरे।
राप्रपा निर्माणमा आफूले रगत पसिना बगाएको उल्लेख गरे। राप्रपा आफ्नो पनि पार्टी भएकोले यो पार्टीको कार्यक्रममा सहभागी हुँदा खुसी र गौरवको अनुभूति हुने उनले बताए। थापाले केही विषयमा असहमति हुँदा आफूहरू भिन्न भए पनि राष्ट्रियताको सवालमा सधैँ एक हुने र एकै ठाउँमा उभिने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल राष्ट्रलाई एकीकरण गरेका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुसी र गौरवको विषय भएको बताए।
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)
.jpg'_'.2023-01-11.jpg)