खाना नपकाएको निहुँमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण
खाना नपकाएको निहुँमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

विश्वराज घिसिङ

श्रीमानकाे लात्ती प्रहारबाट झापामा एक महिलाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका– १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दीमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङलाई लात्तीले हानेर हत्या गरेका छन् । 

समयमा खाना नपकाएको निहुँमा झै-झगडा हुँदा श्रीमानले लात्तीले पेटमा हान्दा प्रमिलाको सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

लात्ती हान्ने श्रीमान् विश्वराज घिसिङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार