नेप्से २१ अंकले घट्यो, कारोबार रकम ११ महिनायताकै उच्च

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ। कारोबारको सुरुवातमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समय घटेको हो। नेप्से परिसूचक २१.३५ अंक घटेर दुई हजार १९०.४२ बिन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ०.७५, फ्लोट इन्डेक्स १.३२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१७ अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका दुई सय ५४ कम्पनीको दुई करोड आठ लाख ४३ हजार कित्ता सेयर सात अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। मंगलबार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिनायताकै उच्च भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। जसमा बैंकिङ र म्युचुअल फन्ड उपसमूहको बढेको छ। वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटेल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिँगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयरमूल्य आठ प्रतिशतभन्दा बढी बढेको छ। यता, तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य करिब नाै प्रतिशत घटेको छ। आज ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

सुझावित समाचार