प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका दुवै महामन्त्रीको लिखित असहमति

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको निर्णयमा नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिखित असहमति जनाएका छन् । 

उनीहरूसँगै नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि लिखित असहमति जनाएका छन् । आजै बसेको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेपछि महामन्त्रीद्वयले असहमति जनाएका थिए । 

बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको थियो । महामन्त्री थापा र शर्माले यस विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठकबाट मात्र त्यस्तो निर्णय लिन सकिने अडान राखेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । 

कार्यसम्पादन समितिको निर्णय अनुमोदन गर्न अहिले संसदीय दलको बैठक बसिरहेको छ ।  

सुझावित समाचार