स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । स्टक ब्रोकरको २८औँ साधारणसभामार्फत अध्यक्ष चुनिएका हुन् ।
अध्यक्षका लागि स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा र आर्यतारा सेक्युरिटिजका गुणनिधि भुसालले उम्मेदवारी दिएका थिए । सापकोटाले २८ मत ल्याउँदा भुसालले भने १६ मत मात्रै पाएका थिए ।
अध्यक्षका लागि शनिबार राति मतदान गरिएको थियो । अध्यक्षबाहेकका पदमा भने सर्वसम्मत भएको छ । संघको उपाध्यक्षमा सरिता अधिकारी (विष्ट), महासचिवमा फणीन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल तथा सचिवमा सुबोध अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्वल उप्रेती चयन भएका छन् ।