प्रधानमन्त्रीको दाबी- सिंगाे ‘हाउस’ विश्वासको मतमा उभिन्छ

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्रीको दाबी- सिंगाे ‘हाउस’ विश्वासको मतमा उभिन्छ

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ।’ 
 
प्रतिनिधिसभाको पहिलो बैठकमा सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आ–आफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुवात गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए। ‘देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ,’ उनले भने। 
 

सुझावित समाचार