वैदेशिक शिक्षा अध्ययन परामर्श दिने उद्देश्यले खुल्यो एआरसी एजुकेसन कन्सल्टेन्सी

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

पछिल्लो समय वैदेशिक शिक्षा अध्ययनका क्रममा बिदेसिने लहर बढ्दै गएको छ। वैदेशिक शिक्षा अध्ययनका लागि परामर्श दिने उद्देश्यले न्यु प्लाजास्थित बज्र कम्प्लेक्सको पाँचौँ तलामा एआरसी एजुकेसन कन्सल्टेन्सी खुलेको छ।

अस्ट्रेलियामै उच्च शिक्षा सकाएर आएका अञ्जन भट्टराई र सुधीर वस्तीले वैदेशिक शिक्षा हासिल गर्ने विद्यार्थीलाई सही परामर्श दिने उद्देश्यले कन्सल्टेन्सी खोलेको बताए। एआरसी एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतलगायत विभिन्न देशमा अध्ययनका लागि विद्यार्थीलाई परामर्श दिएर पठाइरहेको छ।

उच्च शिक्षाका लागि विदेश पठाउने मात्र नभएर विदेश पुगेपछि कसरी जीविकोपार्जन गर्ने भन्ने तालिमसमेत दिइरहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अञ्जन भट्टराईले बताए। उनका अनुसार यहाँ IELTS, PTE, GMAT र GRE लगायतका कक्षाहरू पनि सञ्चालन भइरहेका छन्।

सुझावित समाचार