परम्परागत राजनीतिक अभ्यासले जनतामा जान सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
परम्परागत राजनीतिक अभ्यासले जनतामा जान सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत राजनीति र अभ्यासले जनतामा जान नसकिने बताएका छन्। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्रीे प्रचण्डले अहिलेको संसद् सबैको परीक्षाको केन्द्र रहेको बताए।

‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो। जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन्। परम्परागत अभ्यास र राजनीतिले मात्रै हामी जनतामा जान सक्ने अवस्थामा छैनौँ। हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ,’ उनले भने।

संसदमा फरकफरक राजनीतिक पृष्ठभूमिबाट आएका सदस्यहरूको प्रतिनिधित्व रहेको उल्लेख गर्दै जनतासँगका साझा प्रतिबद्धतामा एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।

संसदमा छोटो सम्बोधन गरेका उनले प्रतिक्रिया नभएर क्रियाको राजनीति गर्नुपर्ने धारणा राखे। उनले समस्यालाई केलाएर बस्ने मात्र नभएर समाधान खोज्न आवश्यक रहेको बताए। ‘हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौँ। हामीलाई समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर अघि बढुनुछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

सुझावित समाचार