पुस्तक वर्ता
मलाई प्रायः फिक्सन पढ्न मन लाग्छ । मेरो आफ्नो छनोटभन्दा पनि साथीहरूको सिफारिसमा पुस्तक पढिरहेको हुन्छु । मलाई मन पर्ने पुस्तकमध्ये सरुभक्तको ‘पागल बस्ती’ हो । यो पुस्तकले एउटा अलग दुनियाँमा पुर्यायो । कृष्ण धरावासीको राधा उपन्यासले पनि मलाई प्रभाव पारेको थियो । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ पनि निकै मन परेको थियो ।
भारतमा अध्ययन गर्दा फुर्सदको समय नेपाली पुस्तक धेरै पढेँ । त्यसवेला पढ्ने ट्रेन्ड पनि थियो । बजारमा पुस्तक आउँदा साथीहरूबीच हल्लाखल्ला हुन्थ्यो । पछिल्लो समय फिल्म अभिनयमा व्यस्त भएपछि पढ्ने समय मिलिरहेको छैन । फुर्सद मिलेसम्म पुस्तक पढिरहेको हुन्छु । पुस्तक पढ्न थालेपछि नसकेसम्म छाड्न मन लाग्दैन । प्रायः एकै बसाइमा पढ्ने गर्छु ।