जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ । सर्वोच्च अदालतलाई लिखित जवाफ दिने क्रममा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यस्तो जानकारी दिएका हुन् ।
युवराज पौडेल निवेदक रहेको रिटमाथि जवाफ दिँदै उपाध्यायले १८ पुसमा लिखित जवाफ बुझाएका थिए । उनले लामिछानेको नागरिकताको वैधानिकताका विषयमा नेपाल प्रहरीले जाँचबुझ गरिरहेकाले रिट खारेज हुनुपर्ने उल्लेख गरेका छन् । ‘... उक्त उजुरी र उजुरीसाथ संलग्न कागजातसमेत गृह मन्त्रालयको प्राप्त व्यहोराअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा नियमानुसार कार्यार्थ पठाइएको र यस कार्यालयलाई विपक्षी बनाउनुपर्ने आधार र कारणसमेत खुलाउन नसकेको,’ लिखित जवाफमा छ ।
पौडेललाई लामिछानेका विषयमा रिट दायर गर्न पाउने अधिकारसमेत नरहेको दाबीसहित उनले लिखित जवाफ पेस गरेका हुन् । ‘यस कार्यालयबाट यी रिट–निवेदकको संवैधानिक तथा कानुनी अधिकार हनन हुने गरी कुनै कार्य नगरिएको हुँदा रिट खारेज गरिपाऊँ,’ प्रजिअ उपाध्यायले भनेका छन् ।
सार्वजनिक सरोकार रहेको भन्दै युवराज पौडेलले मंसिरमा दायर गरेको रिटउपर ६ पुसमा सर्वोच्चको संवैधानिक इजलासले लिखित जवाफ पेस गर्न आदेश गरेको हो । रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी, सो पार्टीका सभापति तथा चितवन २ का सांसद र गृहमन्त्री लामिछाने, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइएको छ ।
पौडेलले गृहसचिवलाई सम्बोधन गर्दै गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा उजुरी दिएका थिए । गृहले उक्त उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई १२ मंसिरमा पठाएको थियो । तर, उजुरी र उजुरीसँग संलग्न कागजात प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको छ । त्यसै कारण आफूलाई विपक्षी बनाउने अधिकार निवेदकमा नरहेको जिकिर प्रमुख जिल्ला अधिकारी उपाध्यायले गरेका हुन् ।
गृहमन्त्री लामिछानेको नागरिकता प्रहरीले छानबिन गर्दै छ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्राचार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्रस…
सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा : अधिकार कार्यान्वयनका लागि अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन
विराटनगर । संघीयता कार्यान्वयनका लागि संघीय सरकारसँग प्रहरी प्रशासन, कर्मचारी, वित्तीय स्रोत र संरचना हस्तान्तरणमा स्पष्टता खोज्दै …
नेपालबाट मनसुन बाहिरियो, यस वर्ष १२ दिन ढिलो
काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाल…
मकवानपुरका सभापति बुद्ध लामा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
मकवानपुर । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा आदिव…
कञ्चनपुरका कांग्रेस नेताद्वय दिवानसिंह विष्ट र बहादुरसिंह थापाकाे समान मत
कांग्रेस सुदूरपश्चिम प्रदेश भुगोलबाट विष्ट, थापा, चटौत, अम्बिका, शाहि र भट्ट निर्वाचित
संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट
संविधानले दिएको अधिकार हस्तान्तरण नगरेकै कारण संघीयताप्रति वितृष्णा बढेको आरोप