सेयर बजारमा हरियाली, तीन अर्ब ५० करोडको कारोबार

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

मंगलबार सामान्य घटेको सेयर आज उच्च अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ बिन्दुमा पुगेको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि उत्पादन, माइक्रोफाइनान्स, बिमा र विकास बैंकको सेयर उच्च अंकले बढेको छ।

दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोडबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेड (११ करोड ५२ लाख) ले कारोबार गरेको छ। आज नौवटा कम्पनीको सेयर १० प्रतिशत र २१ वटा कम्पनीको सेयर नौ प्रतिशतले बढेको छ। 

सुझावित समाचार