प्रचण्डलाई विश्वासको मत दिने कि नदिने २६ पुसमै निर्णय हुन्छ : नेपाल

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय अन्तिम समयमा मात्र लिइने बताएका छन् । 

युवा संघ नेपालको आज भएको कार्यक्रममा नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्नेभन्नेबारे अहिले नै बोल्न हतारो हुने बताए । 

प्रचण्डले प्रतिनिधिसभामा २६ पुसमा विश्वासको मत लिँदै छन् । नेपालले त्यही दिन निर्णय लिइने सम्भावना व्यक्त गरे । 

सरकारबारे बोल्न हतार नभएको बताएका नेपालले भने, ‘विश्वासको मत लिने दिन २६ गते हो । त्यही दिन निर्णय लिए हुँदैन ? अहिले सस्पेन्समै रहोस् ।’

सुझावित समाचार