एकीकृत समाजवादीले वामपन्थी एकताको प्रयास गर्ने

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीले वामपन्थी दलहरूको एकताका लागि प्रयास गर्ने भएको छ। पोलिटब्युरो बैठकले वाम एकताको प्रयास गर्ने निर्णय गरेको बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतहरूलाई एक ठाउँमा ल्याउने विषयको केन्द्रमा रहेर काम गर्ने कुरामा सधैँभरि प्रतिबद्ध छौँ,’ उनले भने, ‘यसका लागि हाम्रो पोलिटब्युरोले केन्द्रीय सचिवालयलाई गृहकार्य गर्नका निम्ति अनुमति प्रदान गरेको छ।’

सुझावित समाचार