त्रिवेणी कप : फाइनलमा आज बागमती र सेन्ट्रल कलेज रोड्स भिड्ने

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

लमजुङको सदरमुकाम बेँसीसहरमा जारी ३०औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा आज बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्  । सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो ।

बागमतीको जितमा सनम धिमाल र देव गुरुङले एक–एक गोल गरे । बागमतीका सुरज श्रेष्ठ म्यान अफ दी म्याच चुनिए । दोस्रो सेमिफाइनलमा रोड्स रामपुरले समाज कल्याण खेलकुद केन्द्रलाई १-० ले हराएर बागमतीसँगको भेट तय गर्यो ।

रोड्स रामपुरको जितमा फोडे फोफानाले निर्णायक गोल गरे । रामपुरका तेजेन्द्र चौधरी म्यान अफ दी म्याच चुनिए । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । 

यस्तै, सेमिफाइनलमा पराजित टोलीले ५०–५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउनेछन् । प्रतियोगितामा देशभरका १४ टिमले सहभागिता जनाएको त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।  प्रतियोगिताको फाइनल खेल आज  हुँदै छ।

सुझावित समाचार