पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि सञ्चालनमा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि संचालनमा आउने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर संचालनमा आउन लागेको विमानस्थलको भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने भएका छन्। 

विमानस्थल उद्घाटन समारोह-कार्यक्रम व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाले लिएको छ। महानगरले शनिबार पत्रकार सम्मेलन गदै उद्घाटन समारोहलाई भव्य बनाउने जनाएको छ। पत्रकार सम्मेलनमा  महानगरका प्रमुख धनराज आर्चायले उद्घाटन समारोहमा व्यापक जनसहभागिता होस भन्ने उदेश्यले महानगरपालिकासँगै अन्तर्गनका कार्यालय, विद्यालय एंव शैक्षिक संस्थाहरु समेत आइतबार बन्द रहने जानकारी दिए।

बिहान ११ बजे उद्घाटन समारोह सुरु हुने र त्यस अघि पाखराको अम्मरसिंह चौरबाट विभिन्न जातजाति मौलिक झाँकी, संघ संस्था, आमा समुह, पर्यटन संग सम्बन्धीत संघ संस्था, उद्योगी व्यवसायि लगायतको सहभागीतामा झाँकी सहितको र्याली विमान स्थल आउनेछ। 

कार्यक्रममा विमानस्थलका परिकल्पनाकार समेत रहेका तत्कालीन अञ्चलाधिस शकरराज पाठकलाई पोखरेलीहरुको तर्फबाट रथारोहणसहित अभिनन्दन समेत गरि प्रमुख आर्चायले जानकारी दिए। 

उद्घाटन समारोह सम्पन्न भएसगै दिउँसो २ः०० बजेपछि ‘सेलिब्रेसन’ सगै सांस्कृतिक कार्यक्रम, फेसन सो लगायतका कार्यक्रम हुने छ। उद्घाटन कार्यक्रमलाई लक्षीत गदै  महानगरले १३ पुसबाट पोखराको प्रमुख पर्यटकीय स्थल लेक साइडदेखि जिल्लाको प्रबेशद्धार कोत्रेसम्मको राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम जारी राखेको छ। 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थल विमानस्थलमा यस अघि ५ देखि १२ मंसिरसम्म थाइल्याण्डबाट आएको एरोथाई कम्पनीको विमानले यान्त्रिक परीक्षण, विमानस्थलमा आपत्कालीन अवस्था आईपरेमा सबै मिलेर कसरी चाडो भन्दा चाडो उद्धार गर्न सकिन्छ भनेर २३ मंसिरमा दुर्घटना अभ्यास, ७ पुसमा यति एयरलाइन्स र बुद्ध एयर सगै ८ पुसमा सौय एयरलाईन्सको जाहाज अवतरण गरेका थिए।

तयारीका काम पूरा

शक विक्रम गौतमले उद्घाटनको लागि आवश्यक सम्पुर्ण तयारीका कामहरु सकिएको जानकारी दिए। गौतमका अनुसार पहिलो उडानबाट विमानस्थलमा आइतबार अवतरण गर्ने जहाजका चालकदलसँगै यात्रुहरुलाई फुलमालाले स्वागत गरिने भएको छ।   
                                                                                                                                    
नयाँ विमानस्थलबाट आन्तरिक उडानहरु हुने भएपनि बाह्य उडानको भने तय भै नसकेको गौतमले जानकारी दिए । अन्तराष्टिय उडानका लागि भारतसँग रुटको विषयमा छलफल गरिरहेको र त्यसको टुङो भने नलागेको प्रमुख गौतमले जानकारी दिए। 

विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् भने नेपालकै पहिलो पटक जाहाजमा यात्रु चढाउन र झार्नका लागि एरोब्रिज बनाइएको छ। हाल विमानस्थल बिहान देखि बेलुका चार, पाँच बजेसम्ममात्र संचालन हुने र आगामी २३ फेब्रुअरीपछि दैनिक १८ घण्टा संचालन हुने जानकारी दिए।

नयाँ विमानस्थल संचालन सगै हालको पुरानो विमानस्थलबाट हँुदै आएका सवै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने भएका छन् भने साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटको उडान भने पुरानो विमानस्थलबाट हुने गौतमले जानकारी दिए। नयाँ विमानस्थलको टावरले दुरी देखाउने र दिशा देखाउने उपकरकण भने पुरानै विमानस्थलबाट प्रयोग गरिने उनले बताए।

क्यानले विमानस्थल संचालनका लागि आवश्यक कामहरु समेत सवै सकेको गौतमले जानकारी दिए। सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन सगै अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा, इन्धन, आवश्यक कागजपत्र तयारी लगायतका कामहरु सवै सकिएको उनले जानकारी दिए। 

विमानस्थल संचालनका लागि विशेष अर्थात मुख्य काम सेफ्टी, सेक्युरेटी र सुवीधाको कुराहरुको व्यवस्थापन गरिसकेको गौतमको भनाइ छ। 

कसले गर्छ अन्तराष्ट्रिय उडान ?

स्वदेशी कम्पनी बुद्ध एयरले विमानस्थलबाट पहिलो अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ। बुद्धले भारतका तीन सहरमा उडान गर्ने तयारी गेरेको छ। बुद्ध सगै हिमालयन एअरलाईन्सले समेत अन्तराष्ट्रिय उडानका लागि कुरा गरिरहेको गौतमले जानकारी दिए। यसै गरि जजीरा, थाइ स्माइल, कतार एअरवेज र फ्लाई दुबईले उडानका लागि क्यानसँग कुरा गरेको र उनीहरुसँग नियमित कुरा भइरहेको उनले बताए। 

४७ वर्षपछि पोखरेलीको सपना पूरा

विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो। 

शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गासमेत अधिग्रहण गरिएको थियो । निमार्णको काम भने शिलान्यास गरेको १५ महिना १८ दिनपछि अर्थात १८ साउन ०७४ बाट सुरु गरिएको थियो । विमानस्थल निमार्णको काम १० जुलाई २०२१ मा सक्ने भनीएपनि कोरोनाका कारण निमार्ण समय एक वर्ष थप गरिएको थियो। 

लागत २१ करोड ७० लाख अमेरिकी डलर

पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सिधा हवाई मार्गले जोड्ने उदेश्य सहित चीन सरकारको सहुलीयत क्रण सहयोगमा विमानस्थल निमार्ण गरिएको हो।
 
विमानस्थल निमार्णका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात नेपाली रुपैया करिव २२ अर्ब क्रण उपलब्ध गराएको थियो। सन २०२१ को जुलाईमा निमार्ण सक्ने गरि ८ जेठ २०७१ मा चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङ संग ठेक्का सम्झौता भएको थियो। 

अन्तराष्ट्रिय उड्डयान संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा निमार्ण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लामो धावनमार्ग छ। जाहा  बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने र ति विमानको क्षमता १ सय ४० देखी १ सय ८० को हुनेछ। विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ।

डाँडा कटानको काम जारी

विमानस्थल संचालनको लागि मुख्य समस्याको रुपमा रहेको रिट्ठेपानी डाँडा कटानको काम जारी छ। विमानस्थलको पुर्वपट्टि रहेको डाँडा कटानको काम धमाधम भैरहेको छ। डाँडा कटान ४० मिटर गरिने छ। विमानस्थलमा व्यवसायिक उडानका लागि डाँडाको दुई तिरबाट कटान हुने र एकातिरबाट ४० मिटर र अर्को तिरबाट १२.५ मिटर कटान गरिने भएको हो। 

वार्षिक आम्दानी २५ करोड, ३३ करोड ब्याज मात्र 

हाल पोखराबाट आन्तरिक उडानहररू मात्र हुँदै आएकोमा नयाँ विमानस्थल संचालन सगै अन्तराष्ट्रिय उडान समेत केही समयपछि हुुनेछन्। आन्तरिक उडानमात्र गदै आएको हालको विमानस्थलले बार्षिक २५ करोड आम्दानी गदै आएको छ । आन्तरिक उडानमात्र भए नयाँ विमानस्थलले समेत सोही हाराहारीमा आम्दानी गर्ने गौतमको भनाइ छ। 

विमानस्थल सञ्चालनमा आएसँगै नयाँ विमान कम्पनीहरुले समेत उडान सुरु गर्ने, नयाँ सुविधाहरु थप्दै जाने, अन्तराष्ट्रिय उडान समेत सुरु भएपछि आम्दानी बढेर ५० करोडको हाराहारीमा हुने र पछि वार्षिक आम्दानी एक अर्ब पुरयाउने गरी क्यानले काम गर्ने गौतमको भनाइ छ।

विमानस्थल निमार्णका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात नेपाली रुपैया करिव २२ अर्ब क्रण उपलब्ध गराएको थियो। सो ऋण मध्ये ७५ प्रतिशत रकमको व्याज तिनुपर्नेछ भने २५ प्रतिशतको व्याज तिर्नु नपर्ने निर्देशक गौतमले जानकारी दिए। तिनु पर्ने ७५ प्रतिशत अर्थात १६ अर्ब ५० करोडको वार्षिक दुई प्रतिशत व्याज तिनुपर्ने गौतमले जानकारी दिए।
                                                                                                                                        
नयाँ ल्याडफिल्ड साइड कुँडिटारमा बन्ने

विमानस्थल संचालनको लागि अर्को समस्याको रुपमा रहेको ल्याडफिल्ड साइड हो। पोखरा नगर क्षेत्रको फोहर मैला व्यवथापनका लागि एशियाली विकास बैकको ऋण सहयोगमा २०६१ सालमा पोखरा १८ वाच्छेबुढुवामा ल्याडफिल्ड साइड निमार्ण गरिएको थियो। सो ल्याडफिल्ड साईड विमान स्थलबाट करिब दुई मिटरको दूरीमा छ । पोखरा महानगरपालिकाले सो ल्याण्डफिल्डमा फोहर फाल्न बन्द गरि पुर्ने काम गरिरहेको छ।

पोखरा महानगरपालिकाका प्रमुख आर्चायले  हालको ल्याण्डफिल्ड साइडमा फोहर फालन बन्द गरिएसगै नयाा ल्याडफिल्ड पोखरा ३३ कुँडिटार स्थित झाकी खेलामा बनाउने निर्णय गरेको जानकारी दिए।

एक अर्ब बढीको लागतमा करिव ७० रोपनि जग्गामा ल्याण्डफिल्ड साइड बनाउने उनले जनकारी दिए । नयाँ साइडमा हालको जस्तो गरि फोहर डम्पिङ नगरिने आर्चायले बताए। अब व्यवस्थित हिसाबले प्रशोधन केन्द्र सहित राखिने भनाई उनको थियो, हाल विभिन्न कम्पनी संग यस्का लागि छलफल भइसकेको उनले जानकारी दिए। 

हाललाई अस्थाही रुपमा पोखरा ३२ लामेआहाल स्थित नदिले कटान गरेको क्षेत्र उकास्ने गरि फोहर मैला व्यवस्थापन गरिने आर्चायले  जानकारी दिए। कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले लामो प्रतीक्षापछि विमानस्थल सञ्चालनमा आएसँगै यस्ले पोखरा र यस क्षेत्रको समृद्धिको ढोका खोल्ने बताए। पोखराबाट उडान सुरु गर्नका लागि अन्तराष्ट्रिय कम्पनीहरुसँग आफूहरुले समेत कुरा गरिरहेको जानकारी उनले दिए।
 

सुझावित समाचार