नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टीमा गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
मेलमिलाप दिवसको अवसरमा शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै कांग्रेस महामन्त्रीद्वयले यस्तो धारणा सार्वजनिक गरेका हुन्। जनताको मतबाट कांग्रेस पहिलो दल बनेपनि पर्याप्त सावधानी र गृहकार्य नहुँदा प्रतिपक्षमा बस्नु परेको विज्ञप्तीमा उल्लेख छ।
‘प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ। यस्तो नहुनु पर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक होइन,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ।

