उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको प्रधान कार्यालयको अवलोकन तथा निरीक्षण गरी ब्रिफिङ लिएका छन्। ब्रिफिङपछि निर्देशन दिँदै उनले प्रहरीको सरुवा–बढुवा क्षमताका आधारमा निष्पक्ष हुने भन्दै नेताको घरदैलो नचहार्न आग्रह गरेका छन्।
गलत गर्ने प्रहरीमाथि तत्कालै कारबाही गर्ने चेतावनी दिँदै कुनै प्रहरीले पैसा उठाएको पाइएका सबैभन्दा पहिला सो कार्यालयका हाकिममाथि कारबाही गरिने उनको भनाइ छ।
जनताको आफूमाथि धेरै अपेक्षा रहेकाले प्रहरीले चुस्तसँग काम गर्न उनले आग्रह गरेका छन्। प्रहरीको स्रोतसाधन वृद्धिमा पहल गर्ने भन्दै उनले छाप्रोबाट घरमा बसाल्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रहरी प्रधान कार्यालयमा उनले निर्मला पन्तको हत्या घटनाको अनुसन्धान प्रगतिको विवरणबारे समेत ब्रिफिङ लिएका छन्। उनले मन्त्रीमा पदबहाली भएपछि सो घटनाको अनुसन्धान टुंग्याउन अधिकतम प्रयास गर्ने पहिलो निर्णय गरेका थिए।