एभरेष्ट बैंक लिमिटेडले धादिङको मच्छिन्द्र माध्यमिक विद्यालयको कम्प्युटर ल्याबलाई पावर ब्याकअप सिस्टम जडान गर्न दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एक कार्यक्रममा एभरेष्ट बैंकका सिएसआर कमिटी सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पालगायतको उपस्थिति रहेको थियो ।