बागमती प्रदेशको अधिवेशन आह्वान

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सभाको ११औँ अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिनको १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै छन् ।

सुझावित समाचार