गण्डकी कांग्रेस संसदीय दलको नेतामा पाण्डे विजयी

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्।

दलको नेता चयनका लागि बुधबार सम्पन्न निर्वाचनमा पाण्डे १८ मतसहित विजयी हुँदा निकटतम भोजराज अर्यालले आठ मत पाएका थिए।

६० सदस्य प्रदेश सभामा २७ जना सदस्य छन्। उनीहरूमध्ये संस्थापन पक्षमा १४ र इतर पक्षमा १३ जना छन्। तर, निर्वाचनमा भने संस्थापन पक्षका पाण्डेले १८ र इतर पक्षका अर्यालले आठ मत पाए। एक मत भने बदर भएको निर्वाचन संयोजक विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा पाण्डे गोरखा २ (ख) र अर्याल स्याङ्जा २ (ख) बाट विजयी भएका थिए।

सुझावित समाचार