स्वतन्त्र सांसदलाई अफर : पार्टीमा आउनूस्, मन्त्री बन्नूस्

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

नयाँ प्रधानमन्त्रीका लागि सात राजनीतिक दलसँगै तीन स्वतन्त्र सांसद प्रभु साह, अमेरशकुमार सिंह र किरणकुमार साहले पनि समर्थन गरेका छन् । नवगठित सरकारमा सामेल गराउन तीनैजना स्वतन्त्र सांसदले ‘लबिङ’ गरिरहेका छन् । तर, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले तीनैजना सांसदलाई सर्तसहित मन्त्रीको अफर गरेका छन् । 

रौतहट २ बाट अफताव आलमका छोरा मोहम्मद फिरदोस आलमलाई हराउँदै विजयी भएका स्वतन्त्र सांसद किरणकुमार साहलाई एमाले अध्यक्ष ओलीले पार्टीमा प्रवेश गर्ने सर्तमा मन्त्री बनाउने अफर गरेका छन् ।

प्रभु साहले धोका दिएपछि रौतहटमा एमालेको संगठन ध्वस्त भएको भन्दै एमाले अध्यक्ष ओलीले किरणलाई जसरी पनि पार्टीमा प्रवेश गराउन चाहेका छन् । ओलीको प्रस्तावप्रति साह सकारात्मक रहेकाले चाँडै पार्टी प्रवेश गरेर एमालेको कोटाबाट मन्त्री बन्ने एमाले स्रोतको दाबी छ । 

त्यस्तै, कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएर निर्वाचित भएका अमरेशकुमार सिंहलाई पनि एमाले र माओवादी दुवैले दल प्रवेश गरे मन्त्री बनाउने आश्वासन दिएका छन् ।

यद्यपि, दलमा जाने–नजाने विषयमा सिंह छलफलमै छन् । अर्का स्वतन्त्र सांसद प्रभु साह भने प्रधानमन्त्री प्रचण्डनिकट रहेकाले माओवादी प्रवेश गरेर मन्त्री बन्ने सम्भावना बलियो छ । 

See More On

सुझावित समाचार