कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी ४८ घन्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता हुन गृह मन्त्रालयले निर्देशन जारी गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फीन्द्रमणि पोखरेलले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएकालाई फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन जारी गरेका हुन्।

विशिष्ट व्यक्तिहरूको सुरक्षा  व्यवस्थापन कार्यविधि, २०७७ अनुसार विशिष्ट व्यक्तिको सुरक्षामा सरकारले आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने गरेको छ। कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएकालाई भने गृहले फिर्ता बोलाएको हो।

सुझावित समाचार